माइलेजबारे जानकारी दिन यामाहा रेजेडआर स्कुटरको र्याली

काठमाडौ । यामाहा रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले र्यालीको आयोजना गरेको छ ।
बुधबार भएको उक्त र्यालीमा रेजेडआर १२५ एफआई स्कुटर प्रयोग गरिएको थियो ।
यामाहाको शोरुम महाराजगञ्जबाट बिहान ९ बजे सुरु भएको उक्त र्याली बूढानीलकण्ठहुँदै बौडेश्वरीको रिसोर्टसम्म पुगेको थियो ।
विज्ञान अधिकारी उक्त र्यालीको विजेता बने । उनले प्रतिलिटर ७५.८९ किलोमिटर स्कुटर दौडाएका थिए ।
त्यसैगरी, प्रतिलिटर ७४ किमीका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भए भने संजिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भइन् ।
एमएडब्लुले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।
कम्पनीका अनुसार यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो ।
यसले बजारमा प्रतिलिटर ५८ किमीसम्म उच्चतम माइलेज प्रदान गर्ने गर्छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८, १४:१५:००
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया