माइलेजबारे जानकारी दिन यामाहा रेजेडआर स्कुटरको र्याली
काठमाडौ । यामाहा रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले र्यालीको आयोजना गरेको छ ।
बुधबार भएको उक्त र्यालीमा रेजेडआर १२५ एफआई स्कुटर प्रयोग गरिएको थियो ।
यामाहाको शोरुम महाराजगञ्जबाट बिहान ९ बजे सुरु भएको उक्त र्याली बूढानीलकण्ठहुँदै बौडेश्वरीको रिसोर्टसम्म पुगेको थियो ।
विज्ञान अधिकारी उक्त र्यालीको विजेता बने । उनले प्रतिलिटर ७५.८९ किलोमिटर स्कुटर दौडाएका थिए ।
त्यसैगरी, प्रतिलिटर ७४ किमीका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भए भने संजिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भइन् ।
एमएडब्लुले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।
कम्पनीका अनुसार यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो ।
यसले बजारमा प्रतिलिटर ५८ किमीसम्म उच्चतम माइलेज प्रदान गर्ने गर्छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८, १४:१५:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया