डिश होम फाइवरनेटद्वारा डिलर दाईलाई सम्मान
पाेखरा । डिश होमले आफ्ना डिलर दाईहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ । क्षेत्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
गण्डकी प्रदेशमा डिशहोम फाइवरको बिक्री तथा बिक्रीपछि ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने पोखराका दीप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङ्जा जिल्लाको रञ्जना फेन्सी, लुद्रमान थापा र गोरखाको सरिना इलोक्ट्रोनिक्सलाई सम्मान गरिएको हो ।
यस्तै, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्सलाई उपहार स्वरुप एक थान ल्यापटप प्रदान गरिएको छ । बिक्रीपछि उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाईहरू तथा कम्पनीका क्षेत्रीय प्रतिनिधिहरूको सहभागी रहेको थियो ।
डिशहोम फाइवर नेटले ग्राहकको आवश्यकता अनुसार आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेज ल्याएको छ ।
डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध गराइएको छ ।
सहुलियत मूल्यमा इन्टरनेट जडान र जडानपछि ग्राहकले इन्टरनेट प्रयोगको उत्कृष्ट अनुभव पाउने डिशहोमले दावी गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८, १६:४८:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया