फुटबलर खड्काको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ ।
बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो ।
नेपाल पुलिस क्लबका पूर्वखेलाडी खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको ।
नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (सई)मा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको थियो । दुई वर्षअघि नै प्रहरीको असइ पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १८:१३:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया