इजिप्ट र इक्वेटोरियल गिनी क्वार्टरफाइनलमा
काठमाडौं । मोहम्मद सलाहको इजिप्ट र इक्वेटोरियल गिनी अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको पहिलो खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै इजिप्ट अन्तिम आठमा पुगेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेट पनि गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इजिप्ट सफल भएको हो ।
अब इजिप्टले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा मालीलाई हराउँदै इक्वेटोरियल गिनी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मालीलाई हराउँदै गिनी क्वाटरफाइनलमा
मालीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराएर इक्वेटोरियल गिनीले अन्तिम आठको यात्रा तय गरेको हो ।
यो खेलमा पनि निर्धारित ९० मिनेटमा र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएको थियो । खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा इक्वेटोरियल गिनी बाजी मारेको हो ।
अब इक्वेटोरियल गिनीले क्वार्टरफाइनलमा सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १३:३४:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया