NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

इजिप्ट र इक्वेटोरियल गिनी क्वार्टरफाइनलमा

काठमाडौं । मोहम्मद सलाहको इजिप्ट र इक्वेटोरियल गिनी अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको पहिलो खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै इजिप्ट अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेट पनि गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इजिप्ट सफल भएको हो ।

अब इजिप्टले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा मालीलाई हराउँदै इक्वेटोरियल गिनी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मालीलाई हराउँदै गिनी क्वाटरफाइनलमा

मालीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराएर इक्वेटोरियल गिनीले अन्तिम आठको यात्रा तय गरेको हो ।

यो खेलमा पनि निर्धारित ९० मिनेटमा र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएको थियो । खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा इक्वेटोरियल गिनी बाजी मारेको हो ।

अब इक्वेटोरियल गिनीले क्वार्टरफाइनलमा सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १३:३४:००