चिलीविरुद्ध उत्रन लागेको अर्जेन्टिनालाई कोरोनाको पिरलो, को–को भए संक्रमित ?
काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली यतिबेला चिलीविरुद्धको खेलको पूर्वसन्ध्यामा छ ।
अर्जेन्टिनाले शुक्रबार बिहान चिलीविरुद्ध उसकै मैदानमा विश्वकप छनोटको खेल खेल्दैछ ।

तर, अर्जेन्टिनालाई भने यतिबेला कोरोनजा भाइरसले पिरोलेको छ ।
मुख्य प्रशिक्षक लियोनल स्कालोनीसहित, सहायक प्रशिक्षक पाब्लो एइमार, खेलाडी एलेक्सिस म्याक अलिस्टरलगायत छन् ।
अर्का खेलाडी इमिलियानो बुइण्डियासमेत कन्ट्रयाक ट्रेसिङमा परेका छन् । उनी पनि चिली भ्रमणमा गएका छैनन् ।
कोरोना देखिएपछि गुइडो रोड्रिग्वेज पनि टोलीबाट बाहिरिइसकेका छन् ।
प्रशिक्षक स्कालोनीले विश्वकप छनोटका लागि केही दिनअघि टिम घोषणा गरेका थिए । २६ सदस्यीय टोलीमा नियमित कप्तान लियोनल मेसीलाई भने समावेश गरिएको छैन ।
कप्तान मेसीलाई पनि क्रिसमसपछि कोरोना संक्रमण भएको थियो ।
यसर्थ, प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीलाई आराम दिएका हुन् ।
अर्जेन्टिनाले शुक्रबार चिली र फेब्रअरी १ मा कोलम्बियासँग विश्वकप छनोटका दुई खेल खेल्दैछ ।
कोलम्बियासँगको खेल अर्जेन्टिनामै हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया