NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

घरेलु मैदानमा अर्जेन्टिनासँग हारेपछि चिलीको विश्वकप यात्रा जोखिममा

काठमाडौं – फिफा विश्वकप कतार २०२२का लागि भएको छनोट खेलमा घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएपछि चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

चिलीमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो। एन्जल डि मारिया र लोउटारो मार्टिनेजले समान एक एक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

खेलको १० औं मिनेटमा डि मारियोले गोल गर्दै सुरुवाती अग्रता दिलाउँदा २१ औं मिनेटमा चिलीका बेन बेरेन्टेनले बराबरी गोल फार्काएका थिए । त्यसपछि ३४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेल आफ्नो पक्षमा पारे ।

खेलको दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेन। पहिलो हाफको २–१ गोल अन्तर नै अर्जेन्टिनाको लागि विश्वकप खेल्ने बलियो आधार बन्यो। योसँगै अर्जेन्टिनाले कतार विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ। अर्जेन्टिनासँग पराजित भएपछि चिलीको भने विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ।

यो सँगै अर्जेन्टिनाले १४ खेलबाट ३२ अंक जोडेको छ भने चिली १५ खेलबाट १६ अंकमा सिमित छ। अर्जेन्टिना शीर्ष दुईमा रहँदा चिली सातौं स्थानमा छ। अब चिलीले विश्वकपमा छनोटका लागि बाँकी खेल जित्नुका साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०८:२४:००