NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

मेस्सीबिनै अर्जेन्टिनाको जित

काठमाडौं – सन् २०२२मा कतारमा हुने विश्वकपका लागि भएको छनोट खेलमा अर्जेन्टिनाले स्टार खेलाडी लियोनल मेस्सीबिनै जित हासिल गरेको छ ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितका लागि एन्जल डि मारिया र लोउटारो मार्टिनेजले समान एक एक गोल गरे । बेन बेरेन्टेनले एक गोल गरेपनि चिली अर्जेन्टिनामाथि हावी हुन भने सकेन ।

योसँगै चिलीको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०८:४१:००