NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

कस्ता हुन्छन् ओमिक्रोनका लक्षण ?

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनबाट संक्रमण हुँदा देखिने लक्षणबारे केही तथ्य हालै सार्वजनिक भएको छ । जसअनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक नभएको बताइएको छ ।

– यद्यपि, खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु ओमिक्रोन भेरियन्टसँग सम्बन्धित लक्षण हुनसक्ने डब्लुएचओको दाबी छ ।

– केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको छ । उनीहरूमा देखिएका लक्षण सामान्य छन् ।

– सुरुमा दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क मानिस भर्ना भएका थिए । तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका थिए ।

– पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ’बुस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरियन्टहले निम्त्याउने समस्याबाट जोगिन सकिने डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८, १३:५६:००