एकैदिन कोरोनाबाट १५ जनाले ज्यान गुमाए, ८ हजार संक्रमित थपिए
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार एकैदिन नेपालमा १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहरको महामारी सुरु भयता कै यो दोस्रो धेरै संख्याको मृत्यु हो । गत शनिबार भने १६ जनाको मृत्यु भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८०१७ जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुना (१५ हजार ७३६ पीसीआर र ६०७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
यस्तै, निको हुनेको संख्या पनि बृद्धि भएको छ । बिहीबार एकैदिन ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७० हजार ५७६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्मकै धेरै पछिल्लो २४ घण्टाको अवधिमा खोप लगाइएको छ । ५ लाख ५४ हजार जनालाई एकैदिन खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १६:३८:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया