नेको इन्स्याेन्सद्वारा ६ महिनामा ६० करोड दावी भुक्तानी
काठमाडौं । नेको इन्स्याेन्स लिमिटेडले २०७८ असारसम्म बाँकी दावीहरूमध्ये चालु आव २०७८÷७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको छ ।
चालू आवको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रीक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको छ ।
कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकहरुको विश्वास जित्न सफल भइ व्यवसायमा पनि गतवर्षको तुलनामा यस आवको ६ महिनासम्ममा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ ।
त्यसैगरी कम्पनीले शेयरधनीहरूलाई १५ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७÷०७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १७:२१:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया