नेको इन्स्याेन्सद्वारा ६ महिनामा ६० करोड दावी भुक्तानी

काठमाडौं । नेको इन्स्याेन्स लिमिटेडले २०७८ असारसम्म बाँकी दावीहरूमध्ये चालु आव २०७८÷७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको छ ।
चालू आवको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रीक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको छ ।
कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकहरुको विश्वास जित्न सफल भइ व्यवसायमा पनि गतवर्षको तुलनामा यस आवको ६ महिनासम्ममा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ ।
त्यसैगरी कम्पनीले शेयरधनीहरूलाई १५ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७÷०७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १७:२१:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया