NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

वाणिज्य बैंकको नाफा १० प्रतिशतले बढ्यो, ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा धेरै नाफा कमाउने बैंक

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको औषत नाफा १०.०९ प्रतिशतले बढेको छ ।

बैंकहरूले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार बैंकहरूको अधिकांश बैंकको नाफा सुधारोन्मुख देखिएको छ ।

गत आवको दोस्रो त्रैमासमा ३१ अर्ब ७ करोड ३२ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकले चालू आवको सोही अवधिमा आइपुग्दा नाफा १०.०९ प्रतिशतले बढेर ३४ अर्ब २१ करोड ६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

६ महिनाको अवधिमा बैंकहरूको नाफामा उल्लेख्य देखिएको तथ्याङकले देखाएको छ ।

ग्लोबल आईएमई बैंकको नाफा धेरै

चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल बैंकले ६ महिनाको अवधिमा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा १५.०४ प्रतिशतले बढेको छ ।

धेरै नाफा कमाउने दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा १६.५७ प्रतिशतले बढेको छ ।

धेरे नाफा कमाउने तेस्रो नम्बरमा नलिब बैंक रहेको छ । बैंकको नाफा २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको नाफा ८.२० प्रतिशतले बढेको छ ।

यो अवधिमा सबैभन्दा थोरै नाफा सिभिल बैंकको ५० करोड ४० लाख रुपैयाँ रहेको छ । प्रतिशतमा हेर्दा यो बैंकको नाफा सबैभन्दा धेरै प्रतिशतले बढेको छ । गत आवको तुलनामा चालु आवको ६ महिनामा बैंकको नाफा १४८.४१ प्रतिशतले बढेको छ ।

६ वटा बैंकको नाफा घट्यो

चालु आर्थिक वर्षको ६ महिनामा आइपुग्दा ६ वटा बैंकको नाफामा कमी आएको छ । ६ महिनामा नाफा घटेका बैंकहरूमा प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्राइम बैंक र सनराइज बैंक रहेका छन् ।

नाफा घटेका बैंकमा पनि प्रभु बैंक र प्राइम बैंक अरबपति क्लबमा प्रवेश गरेका छन् । प्रभ बैंकको नाफा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै प्राइम बैंकको नाफा ७.४३ प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

११ वटा बैंक अर्बपति क्लबमा प्रदेश गर्न सकेका छैनन् । यी बैंकको नाफा एक अर्बभन्दा कम रहेको छ । अर्बपति क्लबमा प्रवेश नगर्ने बैंकमा सिभिल, सेञ्चुरी, लक्ष्मी, नेपाल एसबीआई, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सनराइज र हिमालयन बैंक छन् ।


प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १२:०२:००