सेवा शुल्क नबुझाउने २२ सहकारीलाई महासंघकाे पत्र
काठमाडौं । लामो समयदेखि वार्षिक सेवा शुल्क नबुझाउने २२ वटा सहकारी संस्थालाई राष्ट्रिय सहकारी महासंघले पत्र काटेको छ ।
पत्र काट्दै महासंघले सहकारीहरूलाई सेवा शुल्क नबुझाउनुको कारणसहित स्पष्टिकरण पेश गर्न ३५ दिने सूचना जारी गरेको छ ।
महासंघले विगत लामो समयदेखि वार्षिक सेवा शुल्क वुझाउन बाँकी रहेका र साधारणसभामा पनि अनुपस्थित भएकाले २२ सहकारीलाई पत्र काटेको हो ।
२२ वटा सहकारीले ८ लाख ८२ हजार सेवा शुल्क वुझाउन बाँकी रहेको महासंघले जनाएको छ । ३५ दिन भित्र स्पष्टिकरण नबुझएमा ति सहकारीहरूको सदस्यता खारेज चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १२:१३:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया