सेवा शुल्क नबुझाउने २२ सहकारीलाई महासंघकाे पत्र

काठमाडौं । लामो समयदेखि वार्षिक सेवा शुल्क नबुझाउने २२ वटा सहकारी संस्थालाई राष्ट्रिय सहकारी महासंघले पत्र काटेको छ ।
पत्र काट्दै महासंघले सहकारीहरूलाई सेवा शुल्क नबुझाउनुको कारणसहित स्पष्टिकरण पेश गर्न ३५ दिने सूचना जारी गरेको छ ।
महासंघले विगत लामो समयदेखि वार्षिक सेवा शुल्क वुझाउन बाँकी रहेका र साधारणसभामा पनि अनुपस्थित भएकाले २२ सहकारीलाई पत्र काटेको हो ।
२२ वटा सहकारीले ८ लाख ८२ हजार सेवा शुल्क वुझाउन बाँकी रहेको महासंघले जनाएको छ । ३५ दिन भित्र स्पष्टिकरण नबुझएमा ति सहकारीहरूको सदस्यता खारेज चेतावनीसमेत दिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १२:१३:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया