NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्राथमिक तहमा १३२९७ शिक्षक मागेकोमा एकदिन अघिसम्म कतिको पर्यो आवेदन ?

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको शिक्षकको विज्ञापनमा एक लाख बढीले आवेदन दिएका छन् ।

प्राथमिक विद्यालयतर्फ १३ हजार दुई सय ९७ शिक्षकको माग भएकोमा बुधबारसम्म एक लाख ८ हजार ४५२ जनाले निवेदन दिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले नेपालवाचलाई जानकारी दिए । १३ माघ बिहीबार आवेदन दिने अन्तिम दिन हो । तर डबल दस्तुर तिरेर माघ २० सम्म पनि आवेदन दिन पाइनेछ ।

यसअघि विज्ञापन भएकोमध्ये माविको १५५२ जनाको लागि ३६ हजार ५ सय ५२, निमाविको १६०६ जनाको लागि ८७ हजार ८ सय ७४ जनाले आवेदन दिएका छन् । निमाविमा डबल दस्तुर तिरेर आवेदन दिने समय १५ माघमा सकिनेछ । अनलाइनबाट आवेदन आएको भन्दै बैंक भौचर सबैको नआए संख्या केही घट्न सक्ने मरहठ्ठा बताउँछन् ।

आयोगले परीक्षा चैतमा तोकेको भन्दै सूचना अधिकारी मरहठ्ठाले कोभिडको असर र प्रभावबारे अहिले नै आकलन गर्न नसकिने जानकारी दिए ।

‘परीक्षा चैतमा छ । कोभिडलाई देखाएर अहिले नै हतारमा निर्णय गरिहाल्नुपर्ने आयोगले सोचेको छैन’ उनले भने, ‘फागुन अन्तिममा वा चैतको पहिलो हप्तासम्म के गर्ने भन्नेमा टुंगो लगाउँछौं ।’


प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १६:१०:००