प्राथमिक तहमा १३२९७ शिक्षक मागेकोमा एकदिन अघिसम्म कतिको पर्यो आवेदन ?
काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको शिक्षकको विज्ञापनमा एक लाख बढीले आवेदन दिएका छन् ।
प्राथमिक विद्यालयतर्फ १३ हजार दुई सय ९७ शिक्षकको माग भएकोमा बुधबारसम्म एक लाख ८ हजार ४५२ जनाले निवेदन दिएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले नेपालवाचलाई जानकारी दिए । १३ माघ बिहीबार आवेदन दिने अन्तिम दिन हो । तर डबल दस्तुर तिरेर माघ २० सम्म पनि आवेदन दिन पाइनेछ ।
यसअघि विज्ञापन भएकोमध्ये माविको १५५२ जनाको लागि ३६ हजार ५ सय ५२, निमाविको १६०६ जनाको लागि ८७ हजार ८ सय ७४ जनाले आवेदन दिएका छन् । निमाविमा डबल दस्तुर तिरेर आवेदन दिने समय १५ माघमा सकिनेछ । अनलाइनबाट आवेदन आएको भन्दै बैंक भौचर सबैको नआए संख्या केही घट्न सक्ने मरहठ्ठा बताउँछन् ।
आयोगले परीक्षा चैतमा तोकेको भन्दै सूचना अधिकारी मरहठ्ठाले कोभिडको असर र प्रभावबारे अहिले नै आकलन गर्न नसकिने जानकारी दिए ।
‘परीक्षा चैतमा छ । कोभिडलाई देखाएर अहिले नै हतारमा निर्णय गरिहाल्नुपर्ने आयोगले सोचेको छैन’ उनले भने, ‘फागुन अन्तिममा वा चैतको पहिलो हप्तासम्म के गर्ने भन्नेमा टुंगो लगाउँछौं ।’
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १६:१०:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया