NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सानिमाले ल्यायो ग्यारेन्टी बोनस दिने बालबालिकाको पहिलो योजना

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ग्यारेन्टी बोनस दिने बालबालिकाको पहिलो योजना ल्याएको छ ।

सानिमा बाल सौगात जीवन बीमाअन्तर्गत विमकलाई प्रति हजारको प्रति वर्ष ६५ रुपैयाँ दिइनेछ ।

यस्तो बीमा योजना नेपालमै पहिलोपटक सानिमाले ल्याएको कम्पनीका कर्पोरेट बिजनेस प्रमुख गुणराज श्रेष्ठले बताए ।

यस्ता छन् सुविधा :

बीमा सुविधा भुक्तानी

बीमा प्रारम्भपश्चात् बीमालेख चालु रहेको अवस्थामा कुनै अप्रिय घटना (मृत्यु) भएमा बीमालेखको शर्तहरूको अधीनमा रही बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिनेछ ।

बीमाशुल्क छुट सुविधा

नगन्य थप बीमाशुल्क तिरी यो सुविधा सानिमा बाल सौगात साथ प्रस्तावकले लिएमा बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ ।

टिएलआईको व्यवस्था

पारिवारिक हित र सामाजिक सुरक्षाको लागि न्यूनतम बीमाशुल्क भुक्तानी गरी यो सुविधा सानिमा बाल सौगात जीवन बीमा साथ प्रस्तावकले लिएमा कुनै अप्रिय घटना (मृत्यु) भएमा समेत परिवारलाई एकमुष्ट बीमाङ्ग प्रदान गरिनेछ । यसबाट आश्रित परिवारलाई मानवोचित जीवनयापन गर्न सरल हुने निश्चित छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १९:०४:००