तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, ११:४०:००
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया