नेशनल लाइफले सेयरधनीलाई २० प्रतिशत लाभांश दिँदै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर रकमका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर ६४ करोड ४२ लाख रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीको लाभांश बीमा समितिको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १३:००:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया