नेशनल लाइफले सेयरधनीलाई २० प्रतिशत लाभांश दिँदै
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर रकमका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर ६४ करोड ४२ लाख रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीको लाभांश बीमा समितिको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १३:००:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया