विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टो करेन्सी कारोबारमा निषेध
काठमाडौं । अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने नेपालीलेसमेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएको छ ।
‘क्रिप्टोकरेन्सीेले नेपालको लागि कानुनी मान्यता नपाएकोले त्यस्ता गैर कानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने देखिन्छ’, बैंकले भनेको छ ।
बैंकले स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुलेसमेत त्यस्तो कार्य गरेको कारबाही गर्ने चेनावनी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १६:२९:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया