विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवद्र्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरूलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।
एयरपोर्ट ट्याक्सी प्रवद्र्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १७:०५:००
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया