यही हो मदन भण्डारी चढेको गाडी
काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भयो ।
पार्टीको कार्यक्रमका क्रममा चितवनबाट पोखरा जाने क्रममा उनीहरू सवार जिप दुर्घटना भएको थियो ।
घटनामा दुई नेताको निधन भए पनि चालक अमर लामा भने बाँचेका थिए । यसर्थ, यस घटनालाई रहस्यमय मानिएको छ ।

सोही दिन मदन–आश्रित चढेको गाडी अहिले मोरङको उर्लाबारीस्थित मदन भण्डारी संग्रहालयमा राखिएको पाइएको छ ।
उर्लाबारीको मंगलबारेस्थित संग्रहालयमा राखिएको बा अ च ८७९३ नम्बरको उक्त जिपको तस्बिर एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् ।

उक्त गाडी निकै पुरानो भएको देखिन्छ । साथै, गाडीको अधिकांश भाग चकनाचुर भएको छ ।
संग्राहलय परिसरमा स्व. नेता भण्डारीको शालिक पनि राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १७:३६:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया