राष्ट्रियसभाको बैठक माघ १७ गते १ बजे

काठमाडौं । राष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ ।
सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज एक सूचना जारी गर्दै यसको जानकारी दिएका हुन् ।
उक्त बैठक यही माघ २ गते आइतबारको सूचनामार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो ।
‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, आज प्रकाशित सो सूचनामा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १८:४०:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया