NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्नेलाई एमालेले कारबाही गर्ने

काठमाडौं । बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई नेकपा (एमाले)ले कारबाही गर्ने भएको छ ।

आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ ।

पार्टीकै जनप्रतिनिधिले भोट नहाल्दा गुरु बराल पराजित भएको प्रदेश १ एमालेको निष्कर्ष छ ।

एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले आज एक विज्ञप्ति जारी गर्दै पार्टीमाथि अन्तरघात गर्नेलाई कारबाही गर्ने बताएकी हुन् ।

‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ’, विज्ञप्तिमा भनिएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले समान चार हजार ४८८ मत ल्याएका थिए । गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:२७:००