राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्नेलाई एमालेले कारबाही गर्ने
काठमाडौं । बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई नेकपा (एमाले)ले कारबाही गर्ने भएको छ ।
आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ ।
पार्टीकै जनप्रतिनिधिले भोट नहाल्दा गुरु बराल पराजित भएको प्रदेश १ एमालेको निष्कर्ष छ ।
एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले आज एक विज्ञप्ति जारी गर्दै पार्टीमाथि अन्तरघात गर्नेलाई कारबाही गर्ने बताएकी हुन् ।
‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ’, विज्ञप्तिमा भनिएको छ ।
सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले समान चार हजार ४८८ मत ल्याएका थिए । गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:२७:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया