NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अभागी एमाले : गोलाप्रथामा पनि गठबन्धनलाई नै चिट्ठा !

काठमाडौं । बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा एक सिटबाहेक अन्य १८ सिटमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले हार व्यहोर्नु पर्‍याे ।

पाँच दलीय गठबन्धन एकातिर र एमाले एक्लै भिड्दा प्रदेश १ मा सोनम ग्याल्जेन शेर्पा बाहेक अन्यले जित्न सकेनन् । तर, प्रदेश १ कै खुलातर्फ भने गुरु बरालको जित्ने सम्भावना थियो ।

गठबन्धनबाट उम्मेदवार बनेका गोपाल बस्नेत र उनको मतभार ४ हजार ४ सय ८८ आयो । दुवैको मत बराबरी भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट विजयी घोषित गर्‍याे ।

देशैभर सर्मनाक हार व्यहोरेका एमालेका लागि गोलाप्रथा पनि अभागी नै सावित हुन पुग्यो । गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार बस्नेत विजयी भए ।

यस्तै, नेकपा एमालेले भने फ्लोर क्रस गरेको भन्दै जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नै उम्मेदवारलाई मत नहालेको भन्दै मतदानमा संलग्न प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिध्ये फ्लोर क्रस गर्ने पत्ता लगाएर कारबाही गर्ने चेतावनी दिएको हो ।

आफ्नै पार्टीका मतदाताले भोट नहाल्दा गुरु बरालको हार भएको एमालेको निष्कर्ष रहेको छ । एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले आज एक विज्ञप्ति जारी गर्दै पार्टीमाथि अन्तरघात गर्नेलाई कारबाही गर्ने बताएकी हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, २१:०९:००