कांग्रेस नेता कुटपिट गर्ने युवा संघ जिल्ला इञ्चार्ज पक्राउ

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ जिल्ला इञ्चार्ज दीपक खतिवडा पक्राउ परेका छन् ।
गजुरी गाउँपालिका, किरान्चोकका स्थानीय नानीराम पराजुलीमाथि कुटपिटको अभियोगमा बिहीबार प्रहरीले उनलाई पक्राउ गरेको हो । एमाले पृष्ठभूमिका पराजुली केही समयअघि मात्रै दल बदलेर कांग्रेस प्रवेश गरेका थिए । उनी हाल गजुरी गाउँपालिका, कांग्रेस कमिटीको सह–सचिव छन् । पार्टी परिवर्तनपछि निरन्तर धम्की दिइँदै आएकोमा अहिले त्यसैको रिस फेर्न कुटपिट गरिएको पीडितको आरोप छ ।
खतिवडाविरुद्ध कुटपिटको उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय, गजुरीमा राखिएको छ ।
धादिङमा पछिल्लो समय कांग्रेस र एमालेबीच द्वन्द्व बढेको छ । बुधबार मात्रै एमालेका स्थानीय नेता राजेन्द्रविक्रम बस्नेतमाथि हातपात भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:२५:००
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया