कांग्रेस नेता कुटपिट गर्ने युवा संघ जिल्ला इञ्चार्ज पक्राउ
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ जिल्ला इञ्चार्ज दीपक खतिवडा पक्राउ परेका छन् ।
गजुरी गाउँपालिका, किरान्चोकका स्थानीय नानीराम पराजुलीमाथि कुटपिटको अभियोगमा बिहीबार प्रहरीले उनलाई पक्राउ गरेको हो । एमाले पृष्ठभूमिका पराजुली केही समयअघि मात्रै दल बदलेर कांग्रेस प्रवेश गरेका थिए । उनी हाल गजुरी गाउँपालिका, कांग्रेस कमिटीको सह–सचिव छन् । पार्टी परिवर्तनपछि निरन्तर धम्की दिइँदै आएकोमा अहिले त्यसैको रिस फेर्न कुटपिट गरिएको पीडितको आरोप छ ।
खतिवडाविरुद्ध कुटपिटको उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय, गजुरीमा राखिएको छ ।
धादिङमा पछिल्लो समय कांग्रेस र एमालेबीच द्वन्द्व बढेको छ । बुधबार मात्रै एमालेका स्थानीय नेता राजेन्द्रविक्रम बस्नेतमाथि हातपात भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:२५:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया