गृह मन्त्रालयको निर्णयप्रति गोकुल बास्कोटाको व्यंग्य – ‘कानून खै ?’
काठमाडौं । सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिको अनुमति बिना फोटो वा भिडियो पोष्ट गरेमा कारवाही गरिने गृहमन्त्रालयको सूचनाप्रति पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले व्यंग्य प्रहार गरेका छन् ।
उनले फेसबुकमा ठट्यौली शैलीमा भनेका छन्,‘नितान्त व्यक्तिगत फोटो, भिडियो सम्बन्धितको अनुमति बिना पोष्ट गर्न पाउनै पर्छ भनेर कँही पनि ढोल पिटेको सुनिएन त?’
उनले आफ्नो कार्यकालमा सहयोग नगरेको इंगित गर्दै भनेका छन्, ‘ऊ बेलामा त कान टट्याउने उखरमाउलो कुरा झिकेका थिए त । जे होस अभिव्यक्ति र प्रेस स्वतन्त्रता पनि सत्ता विशेषकै हुने रहेछ ।’
बिना अनुमति अरुको फोटो तथा भिडियो पोष्ट गर्ने व्यक्तिलाई कारवाही गर्ने कानुन नबनेको उनको भनाइ छ । ‘आदेश भन्दा कानून नै राम्रो हो। तर कानुन खै?’ उनले लेखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:१७:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया