NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कांग्रेस बैठकअघि देउवाले किन भेटे नेपाल–दाहाललाई ?

काठमाडौं । स्थानीय तहको मिति तोक्ने विषयमा अन्योलका देखिएका बेला बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

सरकारलाई छिटो निर्वाचनको मिति तोक्ने विषयमा चौतर्फी दबाब बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका नेता अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् ।

बैठकमा प्रचण्ड र नेपालले फेरि पनि चुनाव स्थानीय तहको चुनाव वैशाख जेठमा गर्ने तयारी अगाडि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतको दाबी छ ।

राष्ट्यिसभाको निर्वाचनमा मिलेर लड्दा १९ मध्ये १८ सिट जितेको भन्दै प्रचण्ड र नेपालले ऐन संसोधन गरेर भए पछि चुनाव मंसिरपछि एकैपटक गर्ने गरी वातावरण बनाउनुपर्ने बताएका थिए ।

चुनावका विषयमा सत्ता गठबन्धनको बैठक बसेर एउटा टुंगोमा पुग्नेबारे तीन नेताबीच छलफल भएको स्रोतको भनाई छ ।
नेकपा हुँदै एमाले विभाजनपछि माओवादी र नेकपा एसको संगठन कमजोर रहेको छ ।

कमजोर संगठन हुँदा स्थानीय तहको चुनाव गर्दा यसले प्रदेश र संघीय चुनावलाई समेत असर गर्ने भन्दै प्रचण्ड र नेपालले एकैपटक चुनाव गर्ने विषयालाई प्राथमिकतामा राखेका छन् ।

केही समय देशभर संगठनको विस्तारको तयारी पनि गर्ने र सत्तारुढ गठबन्धनसँग मिलेर चुनाव लड्न सके पार्टीको पोजिसन बलियो बनाउन सकिनेमा प्रचण्ड र नेपाल पुगेका छन् ।

यसैले उनीहरुले केही तत्काल निर्वाचनको मिति तोक्नेबारे निर्णय नलिन प्रधानमन्त्रीलाई दबाब बढाएका छन् । तर कांग्रेसभित्रै अब एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने र स्थानीय तहको चुनाव वैशाख वा जेठमा गर्नुपर्ने दबाब बढिरहेको छ ।

संविधानमा पाँच वर्ष र ६ महिनामा स्थानीय तहको चुनाव गर्न सकिने भन्ने उल्लेख भएको भन्दै मंसिरमा गर्दा कुनै संकट नआउने तर्क प्रचण्ड र नेपालको छ । तर, एमालेले जेठबाट चुनाव पर धकेल्न नहुनेमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:३७:००