NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी हुन् कतार विश्वकपका लागि हालसम्म छानिएका १४ टोली

काठमाडौं । इरान कतार फिफा विश्वकप छनोट हुने पहिलो एसियाली राष्ट्र भएको छ । गएराति भएको खेलमा इराकलाई १–० गोल अन्तरले हराउँदै इरान यसैवर्ष हुन लागेको विश्वकपका लागि छनोट भएको हो ।

यससँगै हालसम्म विश्वकपमा छनोट हुने देश १४ पुगेका छन् ।

३२ देश सहभागी हुने विश्वकपमा कतार आयोजकका रुपमा सोझै छनोट भएको हो । कतारले सन् २०१० मा भएको मतदानमा बाजी मार्दै आयोजक बनेको थियो ।

बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् ।

यसको अर्थ दुई टोली अन्तरमहादेशीय प्ले अफबाट छनोट हुनेछन् ।

यस क्रममा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड र नेदरल्याण्ड्स छनोट भएका छन् ।

दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना छनोट भएका छन् ।

अब १८ देश छानिन बाँकी छन् ।

अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई तथा स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपमा छानिएका १४ देशको सूची ः

१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्विया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १४:३३:००