कांग्रेसमा गठन भयो ३७ सदस्यीय कार्यसम्पादन समिति, सदस्य को–को छन् ?
काठमाडौं । कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको छ ।
केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकमार्फत् ३७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको हो ।
विधानले ४५ सदस्य रहने भनिए पनि तत्काल पदाधिकारीसहितका सदस्य गरी ३७ सदस्यीय समिति गठन भएको हो ।
बाँकी सदस्य सभापति शेरबहादुर देउवाले थप्दै जाने केन्द्रीय कार्यालयमा सचिव प्रेम केसीले जानकारी दिए ।
समितिमा १३ पदाधिकारीसहित ३७ सदस्य बनाइएको हो ।
कार्यसम्पादन समिति केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला बस्ने गर्छ । केन्द्रीय समिति १६७ सदस्यीय जम्बो भएपछि
छरितो बैठक गर्न पनि सभापतिले यो समिति गठन गरेका हुन् ।
कार्यसम्पादन समितिमा वर्तमान सबै पदाधिकारी, पूर्वपदाधिकारीसहितका सदस्य छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १५:५०:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया