कांग्रेसमा गठन भयो ३७ सदस्यीय कार्यसम्पादन समिति, सदस्य को–को छन् ?

काठमाडौं । कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको छ ।
केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकमार्फत् ३७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको हो ।
विधानले ४५ सदस्य रहने भनिए पनि तत्काल पदाधिकारीसहितका सदस्य गरी ३७ सदस्यीय समिति गठन भएको हो ।
बाँकी सदस्य सभापति शेरबहादुर देउवाले थप्दै जाने केन्द्रीय कार्यालयमा सचिव प्रेम केसीले जानकारी दिए ।
समितिमा १३ पदाधिकारीसहित ३७ सदस्य बनाइएको हो ।
कार्यसम्पादन समिति केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला बस्ने गर्छ । केन्द्रीय समिति १६७ सदस्यीय जम्बो भएपछि
छरितो बैठक गर्न पनि सभापतिले यो समिति गठन गरेका हुन् ।
कार्यसम्पादन समितिमा वर्तमान सबै पदाधिकारी, पूर्वपदाधिकारीसहितका सदस्य छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १५:५०:००
प्रतिक्रिया