NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

के गर्छ कांग्रेसको कार्यसम्पादन समितिले ?

काठमाडौं । कांग्रेसमा १२ र १३ औं महाधिवेशनपछि कार्यसम्पादन समिति नै गठन हुन नसकेपछि कांग्रेसमा निक्कै आलोचना भएको थियो । कार्यसम्पादन समिति गठन नहुँदा पदाधिकारी र केही नेता बसेर पार्टीमा महत्वपूर्ण विषयमा निर्णय लिएको भन्दै आलोचना भएको थियो । तर सधैं केन्द्रीय समितिको बैठक बस्न नसक्दा दूई बैठकका बीचमा बसेर छलफल गर्नुपर्ने कार्यसम्पादन समिति बल्ल अस्तित्वमा आएको छ ।

केन्द्रीय समितिको भर्चुअल बैठकबाट सभापति देउवाले ४५ मध्ये ३७ सदस्यीय समिति गठन गरेका हुन् । जहाँ पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर केन्द्रीय सदस्य समेटिएका छन् । पार्टी केन्द्रीय सदस्यको वरियतामा ३५ नम्बरमा रहेका पद्यनारायण चौधरी र ३६ नम्बरमा रहेका दिलेन्द्रप्रसाद बडू बाहेकगरी क्रमशः ३९ औं वरियतामासम्म रहेका केन्द्रीय सदस्य कार्यसम्पादन समितिमा अटाएका हुन् ।

कांग्रेसको विधानअनुसार कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गनुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्ने उल्लेख छ । कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।

संशाेधित विधानअनुसार कांग्रेसको कार्यसम्पादन समिति ४५ सदस्यीय हुन्छ । जसमा १४ पदाधिकारी र ३१ सदस्य हुन्छन् । यसमा संसदीय दलको नेता र पार्टी प्रवक्ता पदेन सदस्य हुन्छन् ।

यसपटकदेखि केन्द्रीय समिति १६७ सदस्यीय भएपछि सहजै केन्द्रीय समितिको बैठक बस्न नसक्ने भएपछि देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादनको बैठक प्रत्येक महिनामा कम्तिमा एकपटक बस्नेछ ।

के गर्छ कार्यसम्पादन समितिले ?

कांग्रेसको विधानअनुसार कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गनुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्ने उल्लेख छ । कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।

समितिले पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ । समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका

संयोजकसंग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्ने पनि विधानमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:२२:००