NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कांग्रेसको कार्यसम्पादन समितिमा सभापतिमा पराजित शेखर पनि

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा डा. शेखर कोइराला पनि परेका छन् । सभापति शेरबहादुर देउवाले भर्चुअल केन्द्रीय समितिको बैठकबाट गठन गरेको कार्यसम्पादन समितिमा १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका डा. कोइराला पनि सदस्यमा परेका हुन् ।

यसअघि केन्द्रीय सदस्यको वरियतामा २० नम्बर हुँदै पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा मनोनित भएपछि उनी वरियतामा २६ औं नम्बरमा पुगेका थिए । सभापतिमा निकटतम प्रतिद्वन्द्वी रहेका कोइरालालाई पार्टीमा दोस्रो वा तेस्रो वरियता नदिएपछि सो पक्ष असन्तुष्ट रहँदै आएको थियो । तर, देउवाले यसपटक भने कार्यसम्पादन समितिमा कोइरालालाई पनि समेटेका हुन् ।

३७ सदस्यीय समिति गठन गर्दा पार्टीले बनाएको केन्द्रीय कार्यसमिति सदस्यका लगातार ३४ सदस्य परेका छन् । ३५ औंमा रहँका पद्यनारायण चौधरी र ३६ औंमा रहेका दिलेन्द्रप्रसाद बडू भने परेनन् । त्यसपछि ३९ औं नम्बरसम्म रहेका आनन्दप्रसाद ढुंगाना पनि सदस्यमा परेका छन् ।

विधानमा ४५ सदस्यीय समिति गठन गर्ने प्रावधान छ । संसदीय दलको नेता र पार्टी प्रवक्ता पनि पदेन सदस्य कार्यसम्पादन समितिमा हुन्छन् ।

बाँकी सदस्य थप्दै जाने तयारीमा सभापति देउवा रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:३५:००