NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संक्रमितसँगै निको हुनेको दर पनि बढ्दो, १९ हजार परीक्षण गर्दा ६ हजारमा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो केही सायतायता कोरोना संक्रमितको संख्यामा बृद्धि मात्र होइन निको हुनेको दर पनि बढेको छ । शुक्रबार देशभरमा ६ हजार ८ सय २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यसको तुलनामा करिब एक हजारले कम अर्थात ५ हजार ४३२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा १९ हजार ८६९ जनाको परीक्षण गर्दा ६ हजार ८ सय २७ जना कोरोनाका संक्रमित थपिएका हुन् ।

यस्तै, शुक्रबार देशभरमा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बिहीबार भने १५ जनाको मृत्यु भएको थियो । अहिले देशभरमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेको छ ।

एक सातायताको दर हेर्दा निको हुनेको संख्या र मृतकको संख्यामा पनि बृद्धि भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टाकै अवधिमा १२ लाख २८ हजार ५६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:५२:००