वाग्मती किनारमा बनेका अवैध संरचना हटाउन सात दिने अल्टिमेटम

काठमाडौं – शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
शनिबार सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो ।
समितिले यही माघ १७ गतेभित्र अस्थायी र २१ गतेभित्र स्थायी संरचना अनिवार्य रुपमा हटाउन निर्देशन दिएको छ ।
यदी सात दिनभित्र उक्त संरचना नहटाइए समिति आफैँले भत्काउने उक्त सूचनामा उल्लेख छ । उक्त क्षेत्र खाली गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने जनाइएको छ ।
ताजा अपडेट
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
प्रतिक्रिया