वाग्मती किनारमा बनेका अवैध संरचना हटाउन सात दिने अल्टिमेटम
काठमाडौं – शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
शनिबार सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो ।
समितिले यही माघ १७ गतेभित्र अस्थायी र २१ गतेभित्र स्थायी संरचना अनिवार्य रुपमा हटाउन निर्देशन दिएको छ ।
यदी सात दिनभित्र उक्त संरचना नहटाइए समिति आफैँले भत्काउने उक्त सूचनामा उल्लेख छ । उक्त क्षेत्र खाली गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने जनाइएको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया