कोलम्बियालाई हराउँदै पेरु विश्वकप छनोटको चौथो स्थानमा
काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको छनोटमा पेरुले कोलम्बियालाई १–० गोल अन्तरले हराएको छ ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा पेरुले कोलम्बियालाई पराजित गरेको हो ।
योसँगै १५ खेलमा २० अंक जोडेको पेरु चौथो स्थानमा उक्लिएको छ । पेरुको जितका लागि एडिसन फ्लोरेसले खेलको ८५ औँ मिनेटमा निर्णयक गोल गरे । कोलम्बिया १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी शनिबार नै भएको अर्को खेलमा बोलिभिया भेनेजुएलासँग पराजित भएको छ । भेनेजुएलाले घरेलु मैदानमा भएकाे खेलमा १० खेलाडीमा बोलिभियालाई ४–१ को गाेल अन्तरले पराजित गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया