सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै एमाले
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्धारित मितिमै स्थानीय तहको चुनाव गराउन सरकारलाई दवाब दिन देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ ।
सरकारले स्थानीय तहको चुनाव पर धकेल्न विभिन्न बाहनाबाजी गरेको आरोप लगाउँदै सरकारविरुद्ध व्यापक जनदवाब सिर्जना गर्ने एमाले जनसंगठन इन्चार्ज भानुभक्त ढकालले जानकारी दिए ।
‘सरकारले संविधान र कानून मिचेर स्थानीय चुनाव नगराउने षड्यन्त्रमा लागेको छ। सम्भावित परिणामाको डरले गठबन्धन चुनावदेखि भाग्न खोज्दै छ सरकारविरुद्ध आज आन्दोलका कार्यक्रम घोषणा गर्न शनिबार ३ बजे समन्वय संयत्रको बैठक बोलाएका छौं’, ढकालले भने, ‘चुनाव विरोधी सरकारविरुद्ध सशक्त आन्दोलन गर्न पार्टीको २२ दलीय संयन्त्रलाई परिचालन गर्छौ ।’
ढकालले आन्दोलनको स्वरुप स्वास्थ्य मापदण्ड पालना हुनेगरी शान्तिपूर्ण र प्रभावकारी हुने बताएका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया