नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
अपरान्ह पौन ५ बजे अर्थात ४.४५ मा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाल र मरिससको दोस्रो मैत्रीपूर्ण भने मंगलबार हुनेछ ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरणकुमार लिम्बूकोे कप्तानीमा दुई खेलका लागि दुई फरक टोली घोषणा गरिसकेका छन् ।
खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव दिन दुई टोली बनाइएको प्रशिक्षक अलमुताइरीको भनाइ छ । उनले नेपाली खेलाडीबाट राम्रो नतिजाभन्दा पनि उत्कृष्ट प्रदर्शनको आशा गरेको बताएका छन् ।
प्रशिक्षक अलमुताइरीले मरिससविरुद्ध खेल जिते त्यसको श्रेय खेलाडीलाई जाने तर हारेमा जिम्मेवारी आफूले लिने बताइसकेका छन् ।
नेपाली टोलीका कप्तान लिम्बूले भने मरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् ।
फिफा वरीयतामा मरिसस नेपालभन्दा पछाडि छ । नेपाल वरियताको १६९ औं स्थानमा छ भने मरिसस १७२ औं स्थानमा मात्र छ ।

कोरोना भाइरस महामारीका बीच नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ ।
सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक–तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ ।
एन्फाले सामान्य प्याराफिटतर्फ तर्फ पाँच सय र भिआइतर्फ १ हजारको टिकट दर राखेको छ ।
यस्तो छ आज उत्रने नेपाली टोली
किरणकुमार लिम्बू कप्तान), दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छुन्जू र जगजीत श्रेष्ठ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया