सत्ता गठबन्धनको बैठकमा किन छैन राष्ट्रिय जनमोर्चा ?
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकले आजै स्थानीय चुनावको मिति तोक्नसक्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित चार दलका शीर्ष नेता सहभागी छन् ।
बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चा (राजमो)का प्रतिनिधि भने छैनन् ।
पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएको बालुवाटारनिकट स्रोत जनाएको छ ।
यद्यपि, पछिल्लो समय एमसिसीलगायत केही विषयमा राजमोभित्र असन्तुष्टि छ । यसर्थ, कतै राजमो गठबन्धनबाट अलग भएको त होइन ? भन्ने प्रश्न भने उठेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया