कांग्रेसको जनजाति संघका केन्द्रीय सभापतिले दिए राजीनामा
जनजाति समुदायका मुद्दामा पार्टीले सहयोग नगरेको आरोप

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।
सभापति शेरबहादुर देउवालाई पत्र लेखेर उनले पार्टी र नेतृत्वले आदिवासी जनजाति समुदायको पक्षमा चासो नदिएको आरोप लगाएका छन् ।
साथै अघिल्लो सरकारले खारेज गरेका आदिवासी समुदायका चाडर्वको बिदाबारे अहिलेको सरकारले पनि मौन समर्थन गरेको उनको आरोप छ ।
प्रतिक्रिया