कांग्रेसको जनजाति संघका केन्द्रीय सभापतिले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।
सभापति शेरबहादुर देउवालाई पत्र लेखेर उनले पार्टी र नेतृत्वले आदिवासी जनजाति समुदायको पक्षमा चासो नदिएको आरोप लगाएका छन् ।
साथै अघिल्लो सरकारले खारेज गरेका आदिवासी समुदायका चाडर्वको बिदाबारे अहिलेको सरकारले पनि मौन समर्थन गरेको उनको आरोप छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया