प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार जरिवाना

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार जरिवाना गर्ने निर्णय छ ।
समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
समितिबाट प्राइम लाइपको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएको उनको भनाइ छ ।
उक्त कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया