प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार जरिवाना
काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार जरिवाना गर्ने निर्णय छ ।
समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
समितिबाट प्राइम लाइपको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएको उनको भनाइ छ ।
उक्त कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया