राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ ।
निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए ।
समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए ।
गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो ।
एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ ।
उक्त समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भरचुल माध्यमबाट बैठक सम्पन्न गरेको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमण बढदै गएकाले वाग्मती प्रदेश र प्रदेश नं १ मा विस्तारित बैठक तथा आमसभा हाललाई स्थगन गरिएको उनले बताए ।
राप्रपाले मधेश प्रदेशमा भेला सम्पन्न गरेको भए पनि विस्तारित बैठक रोकिएको छ । कर्णाली प्रदेशमा आमसभा हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया