NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जेठ ३ मा स्थानीय तहको निर्वाचन ?

काठमाडौं । सत्तारुढ दलहरूले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै निर्वाचन आयोगले आन्तरिक गृहकार्य अघि बढाएको छ ।

औपचारिक रुपमा सरकारले निर्वाचन आयोगलाई जेठमा स्थानीय निर्वाचन गर्न चाहेको विषयमा जानकारी गराएको छैन । तर, आन्तरिक तयारीमा आयोग जुटिसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै परामर्शका लागि बोलाउन सक्ने अनुमानमा आयोगले आन्तरिक तयारी थालेको हो ।

त्यहीअनुसार ढिलामा जेठ ३ गतेसम्म निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आयोग उभिएको छ । यसअघि नै आयोगले विज्ञप्ति नै निकालेर निर्वाचन ऐनले गरेको व्यवस्था सम्झाएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गर्न आयोगसँग परामर्श लिएमा २०७९ जेठ ३ गतेको मिति सिफारिस गर्ने आयोगको तयारी छ ।

निर्वाचन ऐनअनुसार २०७९ जेठ ५ गतेभित्र निर्वाचन सम्पन्न भइसक्नुपर्छ । त्यसका लागि ३ गतेसम्म निर्वाचन सम्पन्न भइसक्योस् भन्ने आयोगको मत छ ।

त्यहीअनुसार ढिलामा जेठ ३ गतेसम्म निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आयोग उभिएको छ । यसअघि नै आयोगले विज्ञप्ति नै निकालेर निर्वाचन ऐनले गरेको व्यवस्था सम्झाएको छ ।

नेपालवाचसँग कुरा गर्दै एक आयुक्तले नेपालवाचसँग भने, ‘कम्तिमा एक चरणको निर्वाचन जेठ ५ भित्र सम्पन्न गर्न सकियो भने कानूनी अड्चन हट्छ ।’

त्यसपछि क्रमश दोस्रो र तेस्रो चरणको निर्वाचन गर्न बाटो खुल्ने उनले बताए । आयोगले चाहिँ देशभर एकै चरणमा स्थानीय निर्वाचन गर्न चाहेको बताएको छ ।