कौडीको भाउमा गौशाला धर्मशाला, भाडामा लिनेले ५० लाख कमाउँछ, ४२०० भाडा तिर्छ
नौ रोपनी नौ आनामा बनेको पशुपतिस्थित गौशाला धर्मशाला मासिक चार हजार दुई सय ५० रुपैयाँमा भाडामा लगाइएको पाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले १८ वर्षदेखि उक्त धर्मशाला कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिएको हो ।
कोष स्वामित्वको जग्गामा बनेका संरचनाबाट मारवाडी सेवा समितिले महिनामै करिब ५० लाख आम्दानी गरिरहेको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।
पशुपति क्षेत्र विकास कोषले अमलकोट कचहरी गुठीअन्तर्गत रहेको जग्गा र धर्मशाला १२ जेठ ०६० मा मारवाडी सेवा समितिलाई सञ्चालन गर्न दिने सम्झौता गरेको थियो । तथापि, यो सम्झौता पशुपति क्षेत्र विकास कोष ऐनविपरीत रहेको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया