जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई जिल्लाबाट सफाइ, उच्चले तोक्यो कैद र जरिवाना

काठमाडौं । उच्च अदालत दिपायलले जिल्ला अदालतबाट सफाइ पाएका प्रतिवादीलाई कैद र जरिवाना तोकेको छ । जिल्ला अदालतबाट प्रमाण नपुगेको भन्दै सफाइ दिइएका आरोपीलाई उच्च अदालतले कैद र जरिवाना ताेकेकाे हाे ।
जिल्ला अदालत बझाङले बहुविवाह मुद्दामा राजु बोहोरालाई प्रमाण नपुगेकाे भन्दै एक वर्ष ६ महिना कैद, १५ हजार जरिवाना र २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेकाे थियाे । राजुकी पत्नी मधुली कुमारी जप्रेलले राजुविरुद्ध जिल्ला अदालत बझाङमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् ।
उक्त मुद्दा उल्ट्याउँदै उच्च अदालत दिपायलले राजुकाे बहुबिवाह मात्र हाेइन घरमा पत्नी हुँदाहुँदै अर्की महिलालाइ फकाएर जबर्जस्ती करणी गरेकाे भन्दै १२ वर्ष कैद र पाँच लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेकाे उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्यायले जानकारी दिए ।
उनका अनुसार बोहराले घरमा पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेको हुँदा बहुविवाहको कानून अनुसार कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् । अनुसन्धानका क्रममा घरमा श्रीमति हुँदा हुँदै प्रलोभनमा पारेर उनले अर्की महिलालाई जबर्जस्ती करणी गरेको खुल्न आएको थियो ।
आइतबार उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र जगतबहादुर थापाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (घ) अनुसार १२ वर्ष कैद र सोही संहिताको दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
यस्तै, आइतबार नै एक अर्को मुद्दाको पनि किनारा लगाइएको छ । सात वर्षीया बालिकालाई झड्केलो बुबाले बारम्बार बलात्कार गरेको प्रमाणित हुन आएपछि २० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।
ती पीडकलाई पनि जिल्ला अदालत कैलालीले एक वर्ष ६ महिना कैदको फैसला गरेको थियो । जिल्ला अदालतले हाडनाता करणीमा दावी नपुग्ने र जबर्जस्ती करणीमा मात्रै मुलुकि अपराध संहिता आकर्षित हुने भन्दै एक वर्ष ६ महिना कैद तोकेको थियो ।
उक्त फैसलालाई उल्ट्याउँदै उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर र जगतबहादुर थापाको संयुक्त इजलासले २० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अधिकृत पाध्यायले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया