NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

काठमाडौं । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।

अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको छ । अमेरिकी सरकारको सहयोगमा सङ्घीय स्वास्थ्य मन्त्रालयले तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।

उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए ।

अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ ।

हाल अस्पतालमा नौ कारोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष