ब्याडमिन्टन खेलाडी दाहाल बने बन्जारा एग्रोको ब्रान्ड एम्बेसडर
मोरङ । नेपालमा पहिलोपटक कृषि उत्पादनको प्रचारप्रसारका लागि खेलाडीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्ने प्रचलन आजदेखि यहाँ सुरु भएको छ ।
विराटनगर–१२ स्थित बन्जारा एग्रोले निकट भविष्यमा उत्पादन गर्ने बोतल बन्द दूधको प्रचारप्रसारका लागि विश्व जुनियर ब्याडमिन्टनका एक नम्बरका नेपाली खेलाडी प्रिन्स दाहाललाई ‘ब्रान्ड एम्बेस्डर’ आज यहाँ नियुक्त गरेको छ ।
एग्रोका सञ्चालक सञ्जय चापागाईं र दाहालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गरियो । गजेन्द्र शर्मा बन्जारा र चापागाईंद्वारा संयुक्त रुपमा स्थापित एग्रोले पहिलो चरणमा विराटनगरमा रु आठ करोडको लागतमा पाँच बिघा क्षेत्रफलमा हलस्टोन, जर्सी लगायतका उच्च दूध दिने ५० वटा गाईपालनबाट दैनिक एक हजार लिटर दूध उत्पादन गरिएको छ ।
सो अवसरमा सञ्चालक चापागाईंले कृषि क्षेत्रको प्रवद्र्धन र स्थानीय जनताको आर्थिक स्तर उकास्न यस क्षेत्रमा कृषि फर्मको स्थापना गरेको बताए । उनले ब्याडमिन्टन खेल पछाडि परेको र यसको विकासका साथै कृषि उत्पादनलाई फाइदा पु¥याउन ब्रान्डिङ गरेको जानकारी दिए ।
ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष सुभाष श्रेष्ठ, निर्णायक उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन प्रिन्सका व्यवस्थापक विकास खेतानले कृषि उत्पादन वृद्धिले मुलुकको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे ।
उनीहरूले जग्गा उपलब्ध भएमा विराटनगर रानीमा ब्याडमिन्टन हल निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया