सिटीमा अर्का अर्जेन्टिनी : अगुइरोको विकल्प अल्भारेज
काठमाडौं । अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोले १० वर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बिताए । उनकै निर्णायक प्रदर्शनका मद्दतले सिटीले पहिलोपटक प्रिमियर लिग जित्यो ।
अगुइरो यसै सिजनमात्र बार्सिलोना गए । तर मुटुमा समस्या आएपछि खेलाडीको रूपमा फुटबलबाटै सन्यास लिएका छन् ।

अगुइरोको अभावलाई अब सिटीमा अर्का अर्जेन्टिनी फरवार्डले पूर्ति गर्ने भएका छन् । उनी हुन् २२ वर्षीय जुलियन अल्भारेज ।
अर्जेन्टिनी क्लब रिभर प्लेटका खेलाडी अल्भारेजलाई १७ सिटीले मिलियन युरोमा अनुबन्धन गरेको हो ।
अल्भारेजले सिटीसँग साढे ५ वर्षको सम्झौता गर्न सहमति जनाएको इंग्लिस मिडियाहरूले जनाएका छन् । तर उनी जुलाईसम्म अर्जेन्टिनी च्याम्पियन क्लब रिभर प्लेटमै लोनमा रहनेछन् ।

अल्भारेजले क्लबका लागि ९६ खेलमा ३६ गोल पूरा गरेका छन् । उनले ६ अन्तराष्ट्रिय क्यापसमेत जितेका छन् । गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा अल्भारेज पनि टोलीमा थिए ।
अल्भारेजलाई सिटीलाई नयाँ अगुइरोको रूपमा हेरेर अनुबन्ध गरेको फुटबल पण्डितहरूले विश्लेषण गरेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया