कुरिलो किलोकै ९ हजारसम्म

काठमाडौं । कुरिलोको भाउ अस्वभाविक रूपले बढेको छ । बजारमा कुरिलोको मूलय फरक फरक छ, कतै २५ सय रूपैयाँ किलो त कतै ९ हजारसम्म ।
बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीँ पाइँदैन ।
कालीमाटी तरकारी बजारस्थित खुद्रा पसलमा कुरिलो किलोकै २५ सयदेखि ४ हजार रूपैयाँसम्म पर्छ । बल्खु तरकारी बजारमा किलोको ८ हजार रूपैयाँ पर्छ । महँगो भएकाले अर्डरअनुसार मात्र व्यापारिले कुरिलो ल्याउने गरेको कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया