NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

प्रभु क्यापिटलको स्किम : २ वर्षसम्म डिम्याट फ्री

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ ।

हाल देशभरि व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) प्रयोग गर्न सकिने छ ।

वेबसाइटबाट र भौतिक रूपमा प्रभु बैंकको देशभरिका शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आजदेखि चैत १७ गतेसम्म आई डिम्याट खाता खोल्न पैसा लाग्दैन । त्यसैगरी मेरोसेयरमा पनि सुहुलियत दिइएको छ ।

यस योजनाअन्तर्गत डिम्याट खाता खोल्न चाहने ग्राहकहरूलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ ।

लामो समयसम्म जारी हुन नसकेको आइपिओ धमाधाम निष्काशनको तयारीमा रहेको बेला आइपिओ तथा दोस्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरूको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपाल भित्र वा नेपाल बाहिर जहाँतही रहने सबै ग्राहकहरुले सहजै यस योजनामा अनलाईनबाटै फ्रि डिम्याट खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सक्ने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष