संविधानले तोकेको समयमै स्थानीय चुनाव हुनुपर्छ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले तोकेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार नै निर्वाचन गरिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘संविधान र स्थानीय तह निर्वाचन ऐन अनुसार समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ ।’ संविधानले पाँच वर्षमा स्थानीय तहको निर्वाचन हुनुपर्ने उल्लेख भएकाले सोही अनुसार हुने उनको भनाइ छ ।
साथै हालको सत्तारुढ गठबन्धन संविधान पालना गर्नकै लागि बनेको उनको दावी छ । सरकारले जेठ ५ अघि नै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।
चुनावमा मिति सार्ने कोशिस भए पनि जनस्तरबाट व्यापक दबाव आएपछि सरकारले जेठमै चुनाव घोषणा गर्ने तयारी गरेको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया