NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

मेसीले पिएसजीमा पहिलोपटक लगाए १० नं. जर्सी, यसरी सम्भव भयो

काठमाडौं । अर्जेन्टिनी फुटबलर लियोनल मेसी गत साउनमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध भए । उनी वर्षका लागि अनुबन्धित भएका हुन् । मेसीका लागि थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प खुल्ला राखिएको छ ।

करिब ६ महिना पिएसजीबाट खेल्दा मेसीले आफ्नो आइकोनिक जर्सी नम्बर १० लगाएनन् । त्यसको ठाउँमा उनले जर्सी नं. ३० लगाए ।

ब्राजिलियन खेलाडी नेइमारले जर्सी नम्बर १० मेसीलाई दिन चाहे पनि उनले आफै अस्वीकार गर्दै जर्सी नं. ३० लगाउने निर्णय गरेका थिए ।

आफूले अरुले लगाइरहेको जर्सी नम्बरमा हस्तक्षेप नगर्ने मेसीको आशय थियो ।

मेसीले सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गर्दा पनि ३० नं. जर्सी नै लगाएका थिए । यही कारण उनले पिएसजीमा ३० नं. जर्सी रोजेको बताइएको छ ।

GOAL on Twitter: "Lionel Messi wore PSG's number 10 shirt for the first time in their Coupe de France defeat to Nice 🔟 https://t.co/ltokjsNmLB" / Twitter

तर, ६ महिनापछि मेसीले पिएसजीबाट खेल्दा १० नं.को जर्सी लगाएका छन् ।

उनले पहिलोपटक १० नं.को आइकोनिक जर्सी लगाए पनि पिएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा पिएसजी घरेलु मैदानमा निससँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । मेसीले पेनाल्टीमा गो गनैका बाबजुद अन्य दुईजना खेलाडी चुक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

सम्भव कसरी ?

A look at the reason why Lionel Messi wore the No.10 shirt vs Nice

सामानयतया फुटबलको नियमअनुसार क्लब फुटबलको एउटा सिजन नसकिएसम्म खेलाडी एउटै मात्र जसीं नं. लगाउनु पर्छ । यो विशेषगरी लिगमा लागु हुन्छ । फ्रान्सेली फुटबल संघको नियम पनि यस्तै छ ।

यद्यपि, कपमा भने यो नियम लागु नहुने फुटबल संघले जनाएको छ । अर्को कुरा पिएसजीमा १० नं. जर्सीं लगाउने नेइमार पनि अहिले घाइते अवस्थामा छन् । यस्तोमा १० नं. जर्सी पनि खाली अवसथामा छ । यसै परिवेशमा मेसीले १० नं. जर्सी लगाएका हुन् ।

तर, मेसीले फ्रेन्च कपमा १० नं.को जर्सी लगाए पनि लिगमा खेल्दा भने पाउने छैनन् ।

मेसीसहितको पिएसजी पराजित, अन्तिम १६ बाटै बाहिरियो