१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । आज नेप्से १९.२५ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको छ । आज २२३ वटा कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १३ सबै उपसमुहको ४ उपसमूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । यस्तै आज सबैभन्दा बढी हाइड्रोपावर उपसमूहको सेयरमूल्य बढेको छ ।
जसको सेयरमूल्य ३.२२ प्रतिशतले बढेको हो । आज बढेको प्राय कम्पनीहरूको सेयरमूल्य १ प्रतिशत भन्दा कम रहेको छ ।
विकास बैंक, फाइनान्स, म्युचल फण्ड उपसमूहको सेयरमूल्य १ प्रतिशतको हाराहारीमा छ, भने बैंकिङ, नीर्जीवन बीमा कम्पनी, अन्य, माइक्रोफाइनान्सको सेयरमूल्य १ प्रतिशतभन्दा कम छ ।
आज ट्रेडिङ, होटल एण्ड टुरिजम, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधन र जीवन बीमा कम्पनीको सेयरमूल्य घटेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया