मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल : नेपालको सुरुवाती– ११ सार्वजनिक
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा केहीबेरपछि सुरु हुँदैछ ।
यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
यसैबीच, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि किरणकुमार लिम्बूको कप्तानीमा सुरुवाती–११ को घोषणा गरेका छन् ।
जसमा डिफेन्डर नवीन गुरुङको पनि नाम छ । उनले सुरुवाती ११ मा आज डेब्यु गरेका हुन् ।
यस्तो छ नेपालको सुरुआती– ११ :
गोलकिपर – किरणकुमार लिम्बू
डिफेन्डर – सुजल श्रेष्ठ, दिनेश राजवंशी, नवीन गुरुङ र देवेन्द्र तामाङ
मिडफिल्डर – एरिक विष्ट, तेज तामाङ र पुजन उपरकोटी
फरवार्ड – अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया