मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल : नेपालको सुरुवाती– ११ सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा केहीबेरपछि सुरु हुँदैछ ।
यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
यसैबीच, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि किरणकुमार लिम्बूको कप्तानीमा सुरुवाती–११ को घोषणा गरेका छन् ।
जसमा डिफेन्डर नवीन गुरुङको पनि नाम छ । उनले सुरुवाती ११ मा आज डेब्यु गरेका हुन् ।
यस्तो छ नेपालको सुरुआती– ११ :
गोलकिपर – किरणकुमार लिम्बू
डिफेन्डर – सुजल श्रेष्ठ, दिनेश राजवंशी, नवीन गुरुङ र देवेन्द्र तामाङ
मिडफिल्डर – एरिक विष्ट, तेज तामाङ र पुजन उपरकोटी
फरवार्ड – अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया